Monday, May 30, 2011

Preface: In the Battle of Kirtipur

Though I was acquainted with the compositions of Hridaya Chandra Singh Pradhan many years before, I realized the real Hridaya Chandra just few months back. The former acquisition went in quest of literary study but latter was how I came to know his entire literary ability.
In process of searching articles for ‘SATHI’, an english literary-magazine (where I am presently working as an executive editor), our editorial board decided to include a drama of Hridaya Chandra called ‘Kirtipur Ko Yuddha Ma’. Since the original composition was in Nepali, the foremost task was to translate it. Inspite of every effort, we couldn’t get it translated and finally I had to do it myself. The job of translating a drama and that also a portrayal of many ages back wasn’t so easy but I accepting the challenge made myself fortunate. 
When I went through the drama, I, at one moment decided to quit it because I thought I may not be able to give such a beautiful creation its real shape but it took me much endeavours and I eventually got it done but literally unjudged. It was during this time that I came to know how Hridaya Chandra’s writing actually is!  Though it is simply a one-act play but the sketches of the then situation and atmosphere is so artistically done that I guarantee when one goes through it, he might get back to that era. The location seems to gets flashed-back real and the characters seem to come out of the book and speak with the readers then and there.  A revolutionary warrior inside him comes out to fight  and slaughters injustice with the sharpened weapon of pen, he speaks against autocracy on behalf of his protagonist, who is a virtual (fictional) Hridaya Chandra himself.  
The marvellous usage of vocabulary, those typical languages, how simple words thread up to give a beautiful and dense meaning and the dialogues tend to represent the character’s frame of mind vivid. He hasn’t missed to furnish this drama with philosophical restraints of life, the suffering undergone by the prisoners and the sumptuousness of the rulers. Literature is meaningful only if it bears some tint of feelings and actions of the general people and his compositions have touched those traces of progressism and realism. His compositions are the true stories of lives then. His works have thus become living.
Talking about the drama, the story-plot is about the time when Prithivi Narayan Shah, the Great King of Gorkha, set up to unify all smaller territories into a single Nepal and during the stab, he came across Kirtipur. Though Kirtipur is a small town but Prithivi Narayan Shah and his soldiers couldn’t face the brave warriors of Kirtipur and his attempts failed thrice. There are many stories hidden in the womb of history because the winning-rulers generally dominated the losers’ history and established a new history of themselves being all the time true. Same happened here in Kirtipur! Prithivi Narayan Shah’s attack to Kirtipur the fourth time was a deception though everything is fair in war. It was a big festive occasion and he attacked the Kirtipures when they were enjoying. Moreover, some Kirtipures themselves betrayed their country by revealing secrets to Prithivi Narayan Shah. The battle started. The unprepared Kirtipures couldn’t confront the enemies  and finally they had to surrender. Most of the men died and so all the children, women and elderly persons had to fight in disguise. The war-prisoners had to cut their noses. Many repressions undertook place, transgressions went through and autocracies flamed up, but the history is still quiet because the winners were the next rulers and they engraved the truth deep inside the tomb of history. 
But Hridaya Chandra had an innovative knowledge of how the real history was. His creative ability and thorough study of the location (which still exists) demonstrates the qualitative greatness of his compostions, how important and precious they are! There are many of us, even the literature students not knowing the name of Hridaya Chandra because the improper custom of fame and awards has lured our present writers so much that such a true serviceman of literature gets overshadowed. But the time has come to explore the works of such a great writer like Hridaya Chandra and as a result, his drama ‘Kirtipur Ko Yuddha Ma’ has come out in the form of ‘In the Battle of Kirtipur’ before the readers world-wide.
Translation is a hard task and it becomes even harder when question comes of such old hands. I have tried my best to be honest with the true feelings of the composition  and loyal towards the goal of Hridaya Chandra Singh but since human beings are prone to errors, some might have crept in inspite of my unfailing efforts. I apologise if such mistakes have made this great composition disgraceful but I always look forward to rectifying these glitches and it would be a great help if you notified me about it. 
Lastly, I am thankful to the publisher for having faith in me and doing a great task of promoting our veteran writers globally and I can’t remain showering my humble gratitude to Mr. Suprad Chandra Singh Pradhan for his support in every step, by providing either materials or his invaluable guidance. And lastly, I am thankful to our entire team members for their unswerving endeavours to cast such a great doyen of Nepali Literature into the global arena. 

Jayant Sharma 
(Executive Editor ‘SATHI’ Monthly)

Saturday, May 28, 2011

मेरो अन्तर्वाता

(२०६७ पुस २३ गते शुक्रबार नेपाली पत्रमा र २०६७ पुस २६ गते सोमबार जनप्रकाश साप्ताहिकमा प्रकाशित)

सानैदेखि नेपाली र अङ्ग्रेजी साहित्यमा कलम चलाउँदै आउनु भएको साहित्यकार जयन्त शर्मा पछिल्लो समयमा नेपाली साहित्यको अङ्ग्रेजी अनुवादकको रूपमा देखापर्नु भयो । ह्रदयचन्द्रसिंह प्रधानको किर्तिपुरको युद्धमाको अङ्ग्रेजी रुपान्तरण In the Battle of Kirtipur बाट चर्चामा आउनुभएका उहाँले समयको रङ्ग (Colours of Epoch)’, Children Stories from Nepal, Odes from the Himalayas, जस्ता दर्जनौं पुस्तकहरूको अनुवादका साथै The Kathmandu Post, The Rising Nepal जस्ता पत्रपत्रिकाहरूमा साहित्य र अनुवाद सम्बन्धी लेखहरू पनि लेख्दै आउनुभएको छ ।
उनै साहित्यकार जयन्त शर्मासँग विशेष अनुवाद साहित्यको विषयमा गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत छ ।

अनुवादको औचित्य कसरी प्रष्ट पार्नु हुन्छ ?

-          हेर्नुस्, यसको औचित्य प्रष्ट्याउनु भनेका एउटा सिङ्गो पुस्तक तयार गर्दा पनि सम्भव नहुने प्रश्न हो यो । संक्षेपमा भन्नु पर्दा अहिलेको विश्वको जतिपनि ज्ञान विज्ञान, दर्शन, साहित्यका कुरा छन्, त्यो अनुवादकै माध्यमले सम्भव भएको हो ।

यस कुराको पुष्टी कसरी गर्नुहुन्छ ?

-          हाम्रो समाजकै कुरा गर्ने हो भने या धर्म संस्कृति र परम्पराकै कुरा गर्ने हो भने, आदिम कबिला युगमा मानिसहरू आआफ्नो भाषा र परम्परागत समूहमा बस्दथे । तिनीहरूको आफ्नै खाले श्रृति, परम्परा र प्रचलनहरू रहेको थियो र ती कुराहरू उनीहरू आआफ्नै पाराले व्यक्त गर्ने गर्दथे । ती कथ्यहरू उनीहरूको भाषाका साथसाथै संस्कृत भाषाका पारखी भनु वा ऋषिमुनी, अनुसन्धानकर्ताहरूले संस्कृत भाषामा लिपिबद्ध गरे  राम संस्कृत भाषी होइनन्, न त कृष्ण नै हुन् । तर तिनीहरूको जीवन चरित्र संस्कृत भाषामा अनुवाद भएर आयो । परिणामतः हिन्दू संस्कृति मान्ने समुदायहरूले पछि गएर आआफ्नो भाषामा कालान्तरमा गएर फेरि अनुवाद गरे । यो हाम्रो मात्र नभएर सम्पूर्ण जनसमुदायको एउटा संस्कृति बन्न गयो । संस्कृतभाषाबाट उत्पन्न भएको नेपाली, हिन्दी, बङ्गाली, मराठी, मैथली, भोजपुरी जस्ता तथा दक्षिण भारतिय भाषा तामिल, तेलगु, मलायम, इत्यादि मात्र नभएर अङ्ग्रेजी, जर्मन, स्पेनीजस्ता अन्य युरोपेली भाषाहरूमा समेत अनुवाद भयो ।

तपाईंलाई जानकारी नै होला हिन्दू धर्ममा नै आस्तिक र नास्तिक दर्शनको सर्वप्रथम सुत्रपात भयो र विश्वमा चलिरहेको पदार्थ कि चेतना भन्ने  विवाद र आफ्नो पक्षको पक्षपोषण गर्ने वेद दर्शन र चार्वाक दर्शन (सर्वदर्शन) का विचारधारात्मक द्वन्द्व यही बेलादेखि सुरुभयो र अहिले विश्वभरि यसका विविध हाँगा हाँगाको चर्चा परिचर्चा भयो, त्यसको प्रमाण देह र विदेह जस्ता धर्म दर्शन पनि यसै अनुवादको माध्यमबाट संसारभर फैलियो । त्यसैले यो छोटो रूपमा भन्न खोजिएको सार मात्र हो । हामीले चिन्ने गरेको दार्शनीक, वैज्ञानिक र साहित्य सर्जक कति नेपाली थिए ? उहाँहरूलाई हामीले चिन्न सकेको एक मात्र कारण अनुवाद नै हैन र ?

नेपाली साहित्यको अनुवाद अङ्ग्रेजीमा गरिरहनु भएको छ, यसको खास कारण के होला ?

-          हामी विश्वमा रहेका विभिन्न भाषाका पुस्तकहरूको अध्ययन गरिरहेका छौँ । हामीले नदेखेको मुलुक, नचिनेको मान्छे, नभिजेको परिवेश  तर ज्ञानका लागि ती सामग्रीहरू उपयोगी छन्, त्यस्तै हाम्रो भाषाका कति लेखक सर्जकहरूको पहुच यो विश्वभरी पुगेको छ ? संसारको बहुसंख्यक भाषाभाषीहरूलाई  नेपाली भाषा  नेपाली संस्कृति, नेपाली कलासाहित्य पनि अन्य भाषाको तुलनामा त्यतिकै स्तरिय र गुणयुक्त छन् भन्ने कुराको साधारण जानकारी समेत छैन  किन ? उनीहरूले हाम्रो भाषा बुझ्दैनन्, हाम्रो साहित्य उनीहरूले बुझ्ने भाषामा कति छ ? यही शून्यतालाई चिर्ने सानो प्रयास हो  मेरो अनुवादकर्म पनि ।

नेपाली साहित्यको अनुवादको स्थिति कस्तो पाउनु भएको छ ?

-          उत्साहजनक पक्कै छैन, नेपाली साहित्यका थुप्रै पुस्तकहरू स्तरियताको दृष्टिकोणले विश्वसाहित्यको अन्य उन्नत साहित्यको दाजोमा पुग्न सक्ने संभावना बोकेका छन्, तर त्यसको बारेमा विश्वका अन्य भाषाका पारखीहरूले थाहा पाउन सकेका छैनन् । छिटफूट मात्रामा काम भइरहेको छ, संगठीत प्रयास भने हुन सकेको छैन । त्यसकारण पनि परिणाम सन्तोषजनक हुन सकिरहेको छैन ।

त्यो समस्याको समाधान के हुन सक्छ ?

-          सर्वप्रथम नेपालको राजनीति, र सरकारी नीति स्पष्ट हुन आवश्यक छ । लियो टोल्सटोय, मेक्सिम गोर्की रसियनभाषी, ल्यू शून चिनियाँ, बर्तोल्ड ब्रेख्त जर्मन  तर त्यहाँको स्पष्ट सरकारी नीतीले उनीहरूको प्रतिभा संसारसामु छर्लङ्ग हुन सक्यो । हो, हाम्रोमा त्यही नीति छैन । भाषा र संस्कृतिको जिम्मा लिने एकेडेमी राजनीतिक भर्ती केन्द्रको रूपमा रह्यो । एकेडेमीसियन हुन प्रतिभाको भन्दा राजनीतिको झण्डा ओढेकाहरू प्रतिभावान ठहरिए  सिमित बजेट यताउता टालटुल नीतिमै रित्यायो, मुख्यकाम निरूद्देश्य नै रह्यो । संस्कृति मन्त्रीले संस्कृति नबुझ्दा पनि भयो, विश्व प्रसारणको कुरा त टाढाको फलजस्तै भयो । खैँ नेपालमा पुस्तक प्रकाशन र वितरणको व्यवस्था नै राम्रोसँग गर्न नसकेको स्थितिमा हाम्रो साहित्य अनुवाद भएर विश्वभरि वितरणको व्यवस्था मिलाउन भनेको हाललाई  दिवास्वप्न जस्तो लाग्न सक्छ तर त्यो हुनुपर्छ । भविश्यमा यस्ता काम हुन नसके हाम्रो लेखनीय कुवाको भ्यागुताको भन्दा भिन्न स्थितिमा रहँदैन ।

नेपाली साहित्यको अनुवादको प्रणेता कसलाई मान्नु हुन्छ ?

-          निसन्देह महाकवि लक्ष्मीप्रसाद देवकोटा, त्यो समयमा पनि उहाँको अनुवाद शिल्प यति उच्च, सूक्षम् र गहन थियो की वर्तमान समयमा पनि त्यस्तो प्रतिभा नेपाली साहित्यमा अर्को देखा परेको छैन ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको नै अमर कृति मुनामदन को अनुवादलाई कसरी लिनुभएको छ ?

-          त्यसो त मैले त्यो कृतिको तीनवटा अनुवाद पढिसकेको छु, माइकल हट, आनन्द पी श्रेष्ठ र गणेशलाल सुब्बाका अनुवादहरू । यी तिनवटै अनुवादलाई सरसर्ती हेर्दा पनि के देखिन्छ भने माइकल हटले नेपाली लय बुझ्न सकेको छैन, शब्द र वाक्यहरू अनुवाद भएको छ  तर त्यसको गेयता र कलात्मकतालाई छुट्याएर  त्यसकारण त्यो कस्तो कृति भयो आफै अनुमान गर्नुस् । त्यो भन्दा धेरै राम्रोसँग छन्द र गेयतालाई समातेर आनन्द पी. श्रेष्ठले गर्नुभएको छ र त्यो आफैमा सुन्दर भएको छ । र भन्नै पर्दा, स्तरियताको हिसाबले गणेशलाल सुब्बालाई कसैले भेटाउन सकेको छैन ।

अहिले तपाईं केगर्दै हुनुहुन्छ ?

-          यू.के. डायस्पोरामा रहेका नेपाली कविहरूको कवितासङ्ग्रह सिमाहीन विम्ब कवितासङ्ग्रह भर्खरै सकेर विजय चालिसे र तेजप्रकाश श्रेष्ठका कथासङ्ग्रहको अनुवाद गरिरहेको छु ।

साथी साहित्यिक पत्रिकाको अङ्ग्रेजी संस्करणका सम्पादकको रूपमा प्रकाशन गर्दै आउनु भएको थियो तर अहिले बन्द अवस्थामा छ, किन होला ?

-          बन्द गरेको होइन, वाध्यतावश केही समयको लागि यो बन्द गर्नु पर्ने भयो ।  धेरै योजनाहरू बुन्दाबुन्दै आकस्मीक दुर्घटनाले गर्दा लामो समय म स्वास्थ्य उपचारको क्रममा नै रहे । र, अहिले पनि म स्वास्थलाभ गर्दैछु । तर अब म फेरि काम गर्न सक्ने अवस्थामा आइसकेकोले यसलाई फेरि निरन्तरता दिने प्रयासमा रचना छनौट, अनुवाद र प्रकाशन गर्ने तर्फ काम गरिरहेको छु । अब चाडै नै यो  पुनः प्रकाशन हुने तरखरमा रहेको छ ।

अन्तमा केही भन्न चाहनु हुन्छ कि ?

-          नेपाली साहित्यलाई विश्वमा चिनाउन अनुवाद बाहेक अन्य कुनै विकल्प छैन, त्यसैले साहित्यकारहरू, प्रकाशकहरू, अनुवादकहरू र पाठकहरूलाई पनि यो अनुरोध गर्दछु कि यो अनुवाद कार्यलाई गम्भीरताका साथ लिइदिनु पर्यो ।  

Sunday, May 22, 2011

आउँदैछन् हिसाब माग्न

 तिमीले दिएको आश्वासनको तिउन-आशाको ढिडोसँग
विश्वासघातको अचार नमज्जाले मिसायौ है?
तिमीले देखाएका नयाँ सपनाहरू साँच्न नपाउँदै
उही पुरानो नमीठो थप्पडले फेरि बिउँझायौ है?
अत्याचारको शिकार, अन्यायको मूक गवाही
बोली त तिमीले पहिले नै खोसिसकेका रहेछौं !

तर भुस्याहा कुकुरहरूको मिथ्या भुकाइमा
तर्सिन छाड्यो त्यो कमजोर रामबहादुर
दबाउन सक्दैन आवाजहरूलाई कसैले
बोल्ने बोलेरै छाड्छ अब अन्धकार विरूद्ध
भीरबाट खस्ने गोरुको लङ्गडो ढिपीमा
राम राम भनिन्छ अब काँध थाप्ने छैनन् कोही !

लाखौ आमाहरूको आँसुले सजाएको त्यो मन्चमा
तिम्रो देशभक्तिको कालो चिठ्ठा मन्चन हुदैछ
कुरिति र कुशासनको पटाक्षप हुदैछ
गाँस-वास-कपास दिन्छु, नयाँ आश दिन्छु
झुक्किने छैन घरिघरि त्यो सोझो मानबहादुर
तिम्रो यस्तो फुस्रो कुरा गराइमा ।

न्याय, समानता, हक र परिवर्तन
कुनै किराना पसलमा पाइने खाध वस्तु हो?
पाइने भएको भएपनि तिमीले कहाँ दिन्थ्यौ र?
खोक्रो आडम्बर, ढोङ्गी सहानुभुति त हो तिमीले दिने !
कुरा ठूला-ठूला तर सस्तो मानसिकता
उदघोष नयाँपनको तर सोच बर्बर
अब छोप्न सक्दैनौ तिमीले आफ्नो नपुङ्गसकता !

भाइ मारेर ज्वाँई पोस्ने तिम्रो फोहोरी चाललाई
अब कसैले सफा भन्ने छैनन्
तिमीले फेरेको काचुलीलाई परिवर्तनको नाम त दियौ
तर उही पुराना रुग्ण मानसिकता भने छाड्न सकेनौ
तिमीले पनि त कति गाडि, घरहरू फेर्यौ
कङ्गालीको करङ्गमाथि घुम्ने कुर्सीको स्वाद पनि फेर्यौ !
गरीब श्यामबहादुरको खुन पसिनामा बाँच्ने तिमी
कति लासहरूमाथि महङ्गो व्हिस्की पनि फोड्यौ ।

तिम्रो स्वार्थ पूरा गर्न हजारौ सपनाहरूले बलि चढाए
तिम्रो विश्वासको भूमरीमा लाखौ इच्छाहरुले आत्महत्या गरे
तिमीले पनि तिनीहरूको मृत्युलाई बलिदानको नाम दिएर महान बनायौ
श्रद्धाञ्जलि स्वरुप तिनीहरूको लासमाथि सहिदको ‘लेबल’ पनि टाँस्यौ
महानताको गाथा गायौ अनि डकार्यौ उनीहरूको खुनको सर्बत
तिनीहरू सहिद भएर अमर, तिमी सहिद बनाएर अमर !

तर अब जुर्मुराउँदैछन्
तिनै राम, श्याम र मानबहादुरहरू
बुहारीको पुछिएको सिन्दुर, मुछिएको मर्म
छोरीको लुटिएको अस्मिता, फुटेको कर्म
खोसिएको आफ्नो घरबार, मान्छे हुनुको धर्म
सबैको हिसाब माग्न उठ्दैछन्, जुर्मुराएरै आउँदैछन्।

Published in Asar 2067 Issue of Madhuparka

Saturday, May 7, 2011

Setting Sun and I

the setting sun is setting its eyes on me
as if its saying when i would again see
the sweetness of life in those sad eyes
after a hard night bout and again i rise
with new zeal, and a new hope to live
striving against odd is all that i believe
cold tears washing away night's dread
on the bosom of life, angst here i tread